पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण गरिएको हो ।
बिहिबार अस्पतललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा सञ्चालन गर्न आयोजित अस्पताल स्वामित्व हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष रमानाथ पौडेल र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्झौतापत्र साटासाट गरेका हुन ।
जनस्तरबाट मुठी दानदेखि सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी वि स २०६२ सालदेखि संचालनमा रहेको अस्पताललाई स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने गरि भएको सम्झौता पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिब तेज प्रसाद काफले हस्ताक्षर गरेका छन् भने रोहोवरमा स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्मा रहेका छन् । हस्तान्तरणपछि प्रदेश सरकारले अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा सञ्चालन गर्ने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको भौतिक संरचना तयार भए पनि प्रभावकारी सेवाका लागि प्रदेश सरकारले जिम्मा लिने बताएका थिए । प्रदेशका जनतालाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रशासनिक सेवा देखि आधुनिक र ब्यवस्थीत सेवाका लागि के गर्न सकिन्छ त्यसका बारेमा सामुहिक रुपमा अगाडी वढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
यस्तै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सामुदायीक अस्पताललाई प्रदेशकै पहिलो र संघिय सरकार मातहतको दोश्रो सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेकोमा गण्डकी प्रदेश सरकारलाई र अस्पतालका संस्थापकहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
मेयर जिसीले जनस्तरबाट निर्माण भएको अस्पताल सरकारले लिन लायक बनाएकोमा गर्व गर्नुपर्ने वताउँदै जनस्तरबाट पनि रामौ कामहरु हुन्छन भन्ने कुराको यो गतिलो उदाहरण भएको वताए । उनले अस्पताललाई प्रदेशकै विशिष्ट अस्पतालको रुपमा विकास गर्ने मुख्यमन्त्रीको योजनाले गण्डकी प्रदेश स्वास्थ्यको क्षेत्रमा अग्रपंत्तिमा रहेको छ भन्ने देखाउने पनि बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्रीले अस्पतल स्थापनार्थ स्थानीयले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा अझै अस्पतालको विकास र प्रगती हुने विश्वास व्यक्त गरे ।
वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेलले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरणपछि सञ्चालन हुँदै आईरहेका सेवा सुविधाहरु जनताले पाउनुपर्नेमा जोड दिंदै अझै स्तर वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
अस्पताल संचालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वी १ नेपालको तर्फबाट विशेश्वर आचार्यले जनस्तरबाट निर्माण भएको अस्पताले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने विश्वास ब्यक्त गरेका थिए भने अस्पतालका मेडिकिल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले भावी योजना र अस्पतालको गतिविधीका बारेमा जानकारी गराएका थिए ।
सोही अवसवरमा सामाजिक विकास मन्त्रालय महासाखा प्रमुख डा. रामबहादुर केशीले अस्पताल संचालनको कार्यविधी र भावी योजनका वारेमा जानकारी गराएका थिए ।
अस्पताल विकास समितिका सचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पुर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा