गण्डक न्युज पोखरा, १३ माघ / पोखरा लेखनाथ महानगरपालिका तालचोक नजिकै आदर्श चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाईते भएका छन् । राति ८ः४१ बजे भएको सो दुर्घटनामा परी मोटरसाईकल चालक गम्भिर घाईते छन् ।
तालचोकमा जारी लेखनाथ महोत्सवमा कन्सर्ट हेरेर पृथ्वीराजमार्ग अन्तर्गत गगनगौंडातर्फ गईरहेको ग १२ प १२६० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको ग १२ प ३३९५ नं. को स्कुटर जुधेको हो ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल तीब्र गतिमा गुडेको थियो र उसले स्कुटरलाई ठक्कर दिएको हो । यो समाचार तयारा पार्दासम्म ठक्कर दिने बाइक चालकको अवस्था चिन्ताजनक रहेको छ । स्कुटर चालक समेत युवक नै हुन् । उनीहरु दुवैको नाम वतन खुलिसकेको छैन ।
घाईते दुवैलाई मनिपाल अस्पताल लगिएको छ । दुर्घटना पश्चात् डाँडाकोनाक चौकीबाट प्रहरी टोली पुगेर घाइतेहरुलाइ भ्यानमै राखी अस्पताल लगेको हो । लेखनाथ महोत्सवमा डि मोर्चाको कन्सर्ट हेरेर बाइक चालक फर्किएको बुझिएको छ । बाइक चालकले अनियन्त्रित तबरमा बाइक चलाएको प्रत्यक्षदर्शीले बताए ।

.

.

.

तस्विरः मनिष पहारी (हाम्रो पोखरा)
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै