स्थानीय न्युरोडस्थित गुरुङ ब्युटी एकेडेमीले साउने सङ्क्रान्तिका अवसरमा मेहन्दी प्रतियोगिता गरी चार उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेहन्दीकला सिकिरहेका सात प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।
एकेडेमी सञ्चालक एवम् वरिष्ठ ब्युटिसियन चिनु गुरुङले हरेक वर्ष साउने सङ्क्रान्तिमा मेहन्दीकला प्रतियोगिता हुँदै आएकामा अहिले कोभिड–१९ का कारण सीमित सहभागीबीच सामाजिक दूरी कायम गरेर प्रतियोगिता गराइएको जानकारी दिईन।प्रतियोगितामा सुमना श्रेष्ठ प्रथम, सनम गुरुङ द्वितीय, साजिमा गुरुङ तृतीय र सीमा परियारले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।
विजेताले हेयर ड्रायर, हेयर आइरन, मेकअप ब्रस र हेयर रोलर प्राप्त गरेका छन् विसं २०५२ देखि सञ्चालनमा आएको एकेडेमीका पोखरामा चार र दुलेगौँडामा एक गरी पाँच शाखा छन् । एकेडेमीले पार्लरसम्बन्धी बेसिक, डिप्लोमा र एडभान्स कोर्षमार्फत तालीम दिँदै आएको छ ।
सञ्चालक गुरुङका अनुसार हालसम्म करीब एक हजारले ब्युटी पार्लरसम्बन्धी तालीम लिइसकेको तथा सिकेकामध्ये करीब ६ सय जनाले स्वरोजगार भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, हिंसापीडित र अपाङ्गता भएका महिलालाई एकेडेमीले आत्मनिर्भर बनाउनका लागि निःशुल्क तालीम प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग