यसरी आज आइतबार थपिने मध्य तनहुँको व्यास नगरपालिकाका ३ जना,भानु नगरपालिकाका २ र म्याग्दे गाउँपालिकाका २ जना रहेको स्वास्थ्य निर्देशनाकय गण्डकीले जनाएको छ । उनीहरुको स्वाब परीक्षण क्षयरोग केन्द्र पोखरामा भएको थियो ।
योसंगै तनहुँमा कुल कोरोना संक्रमित १७१ जना पुगेको छ । जिल्लाको गैंडाकोट नगरपालिकाको १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्य १३ जना पुरुष र ५ जना महिला रहेका छन ।उनीहरुको स्वाब परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ७१ जना पुगेको छ भने १२६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २५ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा १० जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १२ जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’