यसरी आज आइतबार थपिने मध्य तनहुँको व्यास नगरपालिकाका ३ जना,भानु नगरपालिकाका २ र म्याग्दे गाउँपालिकाका २ जना रहेको स्वास्थ्य निर्देशनाकय गण्डकीले जनाएको छ । उनीहरुको स्वाब परीक्षण क्षयरोग केन्द्र पोखरामा भएको थियो ।
योसंगै तनहुँमा कुल कोरोना संक्रमित १७१ जना पुगेको छ । जिल्लाको गैंडाकोट नगरपालिकाको १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्य १३ जना पुरुष र ५ जना महिला रहेका छन ।उनीहरुको स्वाब परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ७१ जना पुगेको छ भने १२६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २५ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा १० जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १२ जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला