तनहुँ । गत आईतबार राती परेको भिषण वर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् ।
यहाँका १२ वटै वडामा क्षति पुगेको छ । घर, सामुदायिक भवन, सडक,पुल, कुलो, मठमन्दिर लगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ ।
बाढी पहिरोबाट पुगेको क्षतिको निरक्षण गर्नलाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी घरघरमा पुग्न थालेका छन् ।
शुक्रबारदेखी नगरपालिकाको चार टोली क्षतिग्रस्त संरचनाको निरक्षणमा प्रत्येक वडाको घरघरै पुग्न थालेको नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
पहिलो दिन नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नम्बर २, उपप्रमुख सविता रसाईलीको टोलीले वडा नम्बर ८ र ९, नगरप्रवक्ता खिमबहादुर कुमालको टोलीले वडा नम्बर ५ र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको टोलीले वडा नम्बर ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरिक्षण गरेका छन् ।

उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिक समेत रहेका छन् ।प्राविधकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए । उनले भने, ‘क्षतिग्रस्त संरचनाको तथ्याङक लिने र पिडामा रहेका नागरिकलाई सान्तवना दिने गरेका छौँ ।’
तथ्याङक संकलनपश्चात घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गर्ने नगरप्रवक्ता कुमालले बताए । ‘घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानतरण गर्ने र पहिरोले अबरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम हुनेछ’, उनले भने ।
आइतबाररातिको भिषण वर्षाको कारण जिल्लाका ११ जनाले पहिरोमा पुरिएर ज्यान गुमाए भने १ जना अझै बेपत्ता रहेका छन् ।
२ जना घाइतेको पोखरामा सरकारी खर्चमा निशुल्क उपचार भईरहेको छ । त्यस्तै मृतकका आफन्तलाई संघ, प्रदेश र स्थानिय सरकारले राहत प्रदान गरेको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’