तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ । युवा तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको टिम नेपो तनहुँले आफ्नो दोस्रो अधिवेशन शनिबार दमौलीमा सम्पन्न गरेको हो ।
दोस्रो अधिवेशनबाट अध्यक्ष (जिल्ला प्रतिनिधि) का रुपमा गोविन्द तिमल्सेना चयन भएका छन ।
त्यस्तै नयाँ कार्यसमितिको सचिवमा मिन बहादुर कुँवर, कोषाध्यक्षमा रवि अधिकारी, मेम्बरसिप कोर्डिनेटरमा नितु गुरुङ, पब्लिसिस्टमा रुपेशराज पन्थ, पार्टनरसिप कोर्डिनेटरमा विशाल खत्री, इडिटरमा रमेश नेपाली, फन्डराइजिङ कोर्डिनेटरमा विष्णु बराल, भोलेन्टिएर कोर्डिनेटरमा सन्तोष श्रेष्ठ, इभेन्ट कोर्डिनेटरमा सुवास नेपाली, प्रमोसन कमिटिमा सरस्वती रसाइली र दिलबहादुर थापा चयन भएका छ्न ।
कार्यक्रमको प्रमुख अतिथि टिम नेपो गण्डकी प्रदेश संयोजक अस्मिता पण्डित रहेकी थिइन ।
सो अवसरमा प्रमुख अतिथि पण्डितले टिम नेपो गैर सरकारी, गैरनाफामुलक युवाको क्षेत्रमा काम गर्ने संस्था रहेको बताइन् ।
उनले भनिन ‘युवासंगै सामाजिक क्षेत्रमा पनि टिम नेपो तनहुँले उत्कृष्ट काम गर्दै आएको छ ।’
त्यस्तै कार्यक्रममा पत्रकार किरण श्रेष्ठ र सविन लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन सन्तोष श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यस्तै सचिवको प्रतिवेदन बिशाल खत्रीले प्रस्तुत गरेका थिए ।
क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने आफ्ना केहि उत्कृष्ट सदस्यहरु लाई सम्मान समेत गरेका थिए ।
कार्यक्रमको सभापतित्व क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले गरेका थिए भने क्लबका सचिव मिन बहादुर कुवँरले कार्यक्रमको संचालन गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’