तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ । युवा तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको टिम नेपो तनहुँले आफ्नो दोस्रो अधिवेशन शनिबार दमौलीमा सम्पन्न गरेको हो ।
दोस्रो अधिवेशनबाट अध्यक्ष (जिल्ला प्रतिनिधि) का रुपमा गोविन्द तिमल्सेना चयन भएका छन ।
त्यस्तै नयाँ कार्यसमितिको सचिवमा मिन बहादुर कुँवर, कोषाध्यक्षमा रवि अधिकारी, मेम्बरसिप कोर्डिनेटरमा नितु गुरुङ, पब्लिसिस्टमा रुपेशराज पन्थ, पार्टनरसिप कोर्डिनेटरमा विशाल खत्री, इडिटरमा रमेश नेपाली, फन्डराइजिङ कोर्डिनेटरमा विष्णु बराल, भोलेन्टिएर कोर्डिनेटरमा सन्तोष श्रेष्ठ, इभेन्ट कोर्डिनेटरमा सुवास नेपाली, प्रमोसन कमिटिमा सरस्वती रसाइली र दिलबहादुर थापा चयन भएका छ्न ।
कार्यक्रमको प्रमुख अतिथि टिम नेपो गण्डकी प्रदेश संयोजक अस्मिता पण्डित रहेकी थिइन ।
सो अवसरमा प्रमुख अतिथि पण्डितले टिम नेपो गैर सरकारी, गैरनाफामुलक युवाको क्षेत्रमा काम गर्ने संस्था रहेको बताइन् ।
उनले भनिन ‘युवासंगै सामाजिक क्षेत्रमा पनि टिम नेपो तनहुँले उत्कृष्ट काम गर्दै आएको छ ।’
त्यस्तै कार्यक्रममा पत्रकार किरण श्रेष्ठ र सविन लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन सन्तोष श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यस्तै सचिवको प्रतिवेदन बिशाल खत्रीले प्रस्तुत गरेका थिए ।
क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने आफ्ना केहि उत्कृष्ट सदस्यहरु लाई सम्मान समेत गरेका थिए ।
कार्यक्रमको सभापतित्व क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले गरेका थिए भने क्लबका सचिव मिन बहादुर कुवँरले कार्यक्रमको संचालन गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा