तनहुँ । अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ ।
गत असार २८ गते आएको अविरल परेको वर्षाका कारण बाढी तथा पहिरोल घर जोखिममा परि विस्थापित भएका तनहुँको व्यास-१० डिहीगाउँ, शितलगुफा, दुम्सिकोट, अधेरीभञ्ज्याङ र बीपीभञ्ज्याङ लगायतका ३४ घर परिवारलाई फिड द हंग्री नेपाल संस्थाले सोमबार खाद्यान्न सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरि पचास हजार रूपैया बराबरको खाद्यान्न राहत सामग्री वितरण गरेको संस्थाले जनाएको छ ।
व्यास नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय तनहुँको समेत अनुमति तथा व्यास-१० र नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको फिड द हंग्री नेपालका प्रतिनिधि सन्तोष सिलवाल खत्रीले बताए ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि व्यास १० का वडाअध्यक्ष तुलसीराम सापकोटाले विपतका बेलामा सहयोगको पर्खाइमा बसेका वडाका बाढीपहिरो पिडितलाई टोल टोलमै पुगेर गरेको सहयोगले वास्तविक पीडितले केही राहत पुगेको बताए ।
संस्थालाई धन्यबाद दिदै बाँकी राहतका कार्यक्रमहरु नगरपालिकाले छिट्टै लिएर आउने बताए ।
संस्थाका प्रतिनिधि समुन्द्र ढकालको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका जुनियर युवा संयोजक एबं दुम्सिकोट उपशाखाका सभापति रामदत्त पौडेल, युवा उद्यमी बलबहादुर शाही, रमाकान्त ढुंगाना, विशाल गिरी लगायतले संस्थाले पुर्याएको सहयोगको प्रशंसा गरेका थिए ।
कार्यक्रम ईश्वर पौडेलले संचालन गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण