बाढी पहिरोमा परेर बागमती प्रदेशका (काठमाडौं उपत्यकाबाहेक) विभिन्न १० जिल्लामा १० जनाको मृत्यु भएको छ। असार २४ पछिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर बिहीबारसम्म २२ जना बेपत्ता भएका छन्।
१४ जना घाइते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढी पहिरोले क्षति गरेको छ। पहिरोले सिन्धुपाल्चोक ६ जना र धादिङमा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकमा १ महिला, १ पुरुष, १ बालक, ३ बालिकाको मृत्यु भएको छ। यस्तै धादिङमा २ महिला, १ पुरुष र १ बालिकाको मृत्यु भएको छ। कार्यालयका अनुसार वेपत्ता हुने सबै सिन्धुपाल्चोकका हुन्।
बेपत्ताको खोजीसँगै र घाइतेहरूको उपचार भरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरिले बताए। उनका अनुसार भौतिक संरचनाको क्षतिको विवरण संकलन हुन बाँकी छ। बिहीबार सम्ममा १० जिल्लाका १ सय ८ वटा पक्की तथा कच्ची घरमा क्षति पुगेको छ।
५९ वटा कच्ची घर, २६ वटा पक्की घर र २३ वटा गोठ÷टहरामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा ५ वटा पक्की पुल र ५ वटा झोलुंगेपुलमा क्षति पुगेको छ। प्रदेश सरकारको विपद् व्यवस्थापन समिति र जिल्लास्थित विपद् समितिको समन्वयमा सुरक्षा निकाय बाढी पहिरो पीडितको उद्धार तथा व्यवस्थापनमा जुटेको गिरिले जानकारी दिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष