सामान्यतय हामी धेरैले सर्पको सपना देख्छौ, धेरै संस्कृतिहरूमा सर्पको सपनाले विपरित अर्थहरूको संकेत गर्नेगर्छ तर हिन्दू धर्ममा सर्प सबैभन्दा पवित्र जनावरको रुपमा लिने गरिन्छ। हिन्दु धर्ममा सर्प भगवान शिवको जीवनसंग आवद्ध भएका कारण सर्पलाई नाग देवता पनि भन्ने गरिन्छ। तर सर्प भन्ने वितिक्कै वा यसको बारेमा सोच्दा पनि आङ्गनै जिरिङ्ग भएर आउछ।
हिन्दू पौराणिक कथाका अनुसार सपनामा वा विपनामै लामो सर्पलाई देख्दा यसले खतराको संकेत दिनेगर्छ, यसको अर्थ दुश्मनको प्रकोप बढिरहेको र त्यस दुश्मनले शारीरिक तथा मानसिक रुपमा हानि गर्ने विरूद्धको चेतावनी हो। साथै खाडलमा धेरै सर्पको सपना देख्नु पनि जीवनमा आउन लागेको नराम्रो भाग्यको संकेत हो र त्यस सर्पलाई सपनामा मारिएको देखेमा, यसले शत्रुलाई पराजित गरि जीवनमा विजयी हुने संकेत दिनेगर्छ।
त्यस्तै सपना मा सर्प देख्नु भनेको यसले मानिसमा डर र समस्या को चित्रण गर्द छ। यसको सपनाले मानिस लाइ सजक बनाउन मद्दत गर्दछ यदि कसैले सपनामा सर्प देख्छ भने उसलाई उसको अतित वा वर्तमान ले सताइरहेको र त्यसप्रति उ सजक नभएको वा त्यस समस्या लाइ बेवास्ता गरेको र त्यहि अवस्था मा फशिरहेको हुन सक्छ र उ चाहेर पनि त्यस समस्या बाट निस्किन नसक्ने प्रतिक गर्दछ। यदि सर्पले डसेकोको सपना देखिएमा यसले सकारात्मक स्वास्थ्यको प्रतिक गर्दछ। त्यसगरी सपनामा सर्पलाई टोकेको देखिएमा, यसले भौतिक सम्पति र सन्तान प्राप्ति हुने मानिन्छ।
भनिन्छ यदि कसैले नाग नागपंचमीमा नागको प्रार्थना गरेमा स्वास्थ्य, धन, शान्ति र समृद्धि हुनेगर्दछ। साथै यसदिन मूलधार चक्र मा ध्यान गरियो भने जीवनमा शान्ति र खुशी प्राप्त गर्न मद्दत गर्दछ। त्यसै गरि यसदिन नाग देवताको मन्त्र उच्चारण गर्दा शुभ हुने मानिन्छ।
ॐ भुजंगेशाय विद्महे,
सर्पराजाय धीमहि,
तन्नो नागस् प्रचोदयात्।।
अनंत वासुकी शेषं पद्मनाभं च मंगलम्
शंखपालं ध्रतराष्ट्रकंच तक्षकं कालियं तथा।
एतानी नव नामानि नागानां च महात्मना
सायंकाले पठे नित्यं प्रातःकाले विशेषतः
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्।।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’