पोखरा – पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा परिसरमा वृक्षारोपण गरिएको छ ।
वातावरण संरक्षण गर्ने हेतुले महेन्द्र गुफा पुर्वाधार निर्माण समितिले आयोजना गरेको कार्यक्रममा पारिजात, कल्की, कपुर, गोदावरी, धुपी लगायतका विभिन्न प्रजातीका एक सय ५० वटा विरुवा रोपिएको समितिका सचिव प्रेम तिमिल्सीनाले जानकारी दिनुभयो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामिण क्षेत्रमा पनि लुकेर रहेका पर्यटकीय आर्कषणलाई विश्व वजारमा पुयाउनु पर्नेमा जोड दिनुभयो ।उहाँले विश्व वजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन विकासमा सरकार केन्द्रित रहेको वताउँदै व्यवस्थित विकासवाट मात्रै समृदि हासिल गर्न सकिने वताउनुभयो । कोरोनाका कारण प्रभावित भएका व्यवसायलाई माथि उकास्न सरकारले विशेष पहल गर्ने वताउदै मन्त्री लम्सालले भन्नुभयो “कोरोनाले थिलो परेको पर्यटन व्यवसाय अब छिट्टै उकासिन्छ ।”
प्रदेश सभाका सदस्य कृष्ण थापाले विकासका नाममा राजनिती गर्नु गलत हुने वताउँदै, सवैको प्रयासवाट मात्रै समृदि हासिल हुने वताउनु भयो । सासंद विन्दुकुमार थापाले कोरोनाका कारण सवै क्षेत्र संकटमा परेको वताउँदै आर्थिक राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिनुभयो । अर्का सांसद प्रभा कोईरालाले पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई सर्किटका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिमा अध्यक्ष गुरुदत्त भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विन्ध्यवासिनी मा.वि वाटुलेचौरका अध्यक्ष चन्द्रा थापा, समितिका सदस्य केशव वस्नेत, पत्रकार शिशिर पौडेल लगायतले पोखरा भित्रिने पर्यटक एकै ठाउँमा केन्द्रित हुदाँ आसपासका अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै गुनासो गरे । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा वाल उद्यान पार्क निर्माण भएको छ ।
कोरोना संक्रमणका कारण महेन्द्र गुफा र चमेरे गुफा चैतको पहिलो साता देखि वन्द रहेको छ । वन्दको ४ महिनामा मात्रै १ करोड ७४ लाख रुपैया आम्दानी कम भएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ । कोरोनाका कारण त्यस क्षेत्रको पर्यटन केन्द्रित व्यवसाय पनि ठप्प वनेको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते