फेवातालको जलकुम्भी /फोहोर निकाल्ने मेसिन आईपुग्यो पोखरा

फेवातालको जलकुम्भी /फोहोर निकाल्ने मेसिन आईपुग्यो पोखरा

fewatall-julkumb-masin

पोखरा, १७ माघ / फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए ।

सांसद रविन्द्र अधिकारीको अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधबार फेवातालमा परीक्षण गरिएको छ ।

जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झिकाएको हो । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो ।

फेवाताल पछिल्लो समय निकै फोहोर बन्दै गएको छ भने वर्षौदेखि जलकुम्भी फैलँदा कुरुप बन्दै गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds