गण्डक न्युज पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ ।
व्यवसायी समेत रहेका कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, कालु गुरुङ, बोधराज गिरी र यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालकलाई पैसा नदिए ज्यान नै मार्ने धम्की दिई रकम माग गर्ने पक्राउ परेका हुन् । पीडितहरु विस्तारै खुल्दै गएको बताईन्छ ।
पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको बुझिएको छ । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो । सांसद थापालाई अल्टिमेटम नै दिएर दुई करोड माग गरिएको तर त्यो भन्दा पनि बढि कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ ।
मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।
उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको सांसद थापाले बताएका छन् । उनले एक महिना अघि नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका थिए ।
पुस १५ देखि नै नम्बर परिवर्तन गरेर दिनमा ५ पटकसम्म निरन्तर धम्की आईरहेको उनले बताए । एकै मान्छे कहिले भारत र कहिले नेपालबाट फोन गर्ने गरेको स्रोतको भनाई छ । घटनबारे थप अनुसन्धान चलिरहेकाले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कास्की प्रहरीको तयारी छ ।
को हुन् मनोज
जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा फरार छन् । अहिले विदेशमै रहेको बुझिन्छ । यो घटनामा उनी संलग्न रहे नरहेको बारे भने खुलिसकेको छैन ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?