लमजुङ । लमजुङको भोर्लेटारमा मध्यनेपाल पोलिक्लिनिक संचालनमा आएकाे छ ।
८० लाखको लगानीमा संचालनमा आएकाे अत्याधुनिक पोलिक्लिनिकमा विभिन्न विशेषज्ञ डाक्टरहरुबाट विशेष सेवा दिने प्रबन्धक डा. सुशिल पौडेलले बताए ।
बुधबार एक कार्यक्रम गरि मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले पोलिक्लिनिककाे उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा नगरप्रमुख पाण्डेले स्थानिय जनताले घरदैलाेमा नै गुणस्तरीय विशेषज्ञ स्वाथ्य सेवा पाउनु खुसीकाे कुरा भएकाे बताए ।
उनले भने ‘चिकित्सकको मनोबल बढाउदै अस्पतालले स्थानीयलाई सरल र सहज वातावरणमा सेवा दिनुपर्छ ।’
प्रबन्धक डा. पौडेलका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा चौबिसै घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ल्याब सेवा, ओपिडी सेवा, बिरामी भर्ना सेवा, एक्सरे सेवा, आँखा उपचार, दन्त सेवा, ईसिजी सेवा प्रदान गरिनेछ ।
साथै भिडियो एक्सरे सेवा, अक्सिजन तथा नेबुलाइजेसन सेवा, माईनर अपरेसन सेवाहरु संगै अतिरिक्त सेवा मुटु, पेट, मानसिक रोग, नाक कान घाँटी सम्बन्धी, बच्चा सम्बन्धी, प्रसुती छाला तथा यौन रोग, पायल्स फिसर फिस्टुला, दाँत एवंम आँखा सम्बन्धीका विशेषज्ञ डाक्टरहरुबाट सेवा गरिन्छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो