तनहुँको आँबुखैरेनी गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि, गाउँपालिका कार्यालय पुर्ण बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि, गाउँपालिका कार्यालय पुर्ण बन्द

Aabukhaireni RM Gate

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका उच्च तहका कर्मचारीमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

गत १४ गते गाउँपालिकाको क्वारेन्टाइन र कन्ट्रयाक्ट ट्रेसिङबाट ९ जनाको स्वाब पीसीआर परीक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

१ जना ४२ वर्षीय पुरुषको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । जो गाउँपालिकाका कर्मचारी हुन् ।

त्यस्तै गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय क्षेत्र जोखिम देखिएको हुँदा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा २० गतेसम्म पुर्ण बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds