पोखरा, १८ माघ । बढी शुल्क लिएको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएपछि गण्डकी मेडिकल कलेज, पोखरामा तनाव भयो । विवाद भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा बसेको त्रिपक्षीय बैठकबाट ३ बुँदे सहमति भयो र सहमतिपछि बिहीबारदेखि पढाई शुरु भएको छ ।
विद्यार्थीले इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले तोकेभन्दा बढी भर्ना शुल्क कलेजलाई बुझाउनुपरेको गुनासो गरेका हुन् । आईओएमले ४ वर्षका लागि ७ लाख ४८ हजारमात्रै शुल्क तोकेको छ । विद्यार्थीले त्यसको आधा रकम काठमाडौंबाटै तोकिएको बैंकमार्फत कलेजको खातामा जम्मा गरेर भर्ना भए । तर कलेजले आईओएमको मापदण्डभन्दा ५ लाख बढी रकम मागेको छ । ४ वर्षमा ७ लाख ४८ हजार भन्दा बढी नतिर्नु भनेर आईओएमले भनेको छ ।
‘कलेजले १२ लाख ७४ हजार माग्यो’-एक विद्यार्थीले गुनासो छँयो सरासर विद्यार्थीलाई लुट्ने काम भएको छ । हामी तोकेभन्दा बढी रकम तिर्दैनौं ।’ कलेजले रकम नपुगेको भन्दै कक्षा शुरु नगरेको विद्यार्थी बताउँछन् । ‘आईओएमले भनेको पैसा जम्मा गरेपछि हामी कलेज भर्ना भयौं । तर कलेजले एक्स्ट्रा चार्ज मागिरहेको छ’-अर्का विद्यार्थीको भनाइ छ -‘भर्ना भएको महिनादिन भैसक्यो कलेज पनि शुरु भएको छैन । हामीलाई अन्यौलमा राखिएको छ ।’ अभिभावकको साथ लागेर उनीहरुले कलेजले बढी पैसा लिएको भन्दै आईओएम र जिल्ला प्रशासन कार्यालय कास्कीमा कलेजको विरुद्धमा उजुरी पनि दिएका छन् । अभिभावकले चाहीँ कलेजले लिएको थप रकम गैरकानुनी भएको बताए ।
कलेज प्रशासन शुल्कको विषय आईओएममा विचाराधीन भएकाले तत्काल निर्णय गर्न नसक्ने बताउँछ । ‘शुल्क नतोकी भर्ना गर्नु भनेर आदेश आयो । हामीले एउटा सिलिङ बनाएर भर्ना शुरु गर्यौं’-कलेजका सिईओ सन्तोष खनालले भने-‘भर्ना भएपछि सूचना जारी गरेर भर्ना शुल्क तोकिएको छ ।
आईओएमले तोकेको शुल्क निकै कम छ, यसमा हेरफेर गर्नुपर्छ ।’ कलेजसँग शुल्कको सीमाबारे सुझाव मागिएकोले सुझाव पनि पठाएको उनले बताए ।
यसअघि शिक्षण शुल्क सिधैँ कलेजले लिने गरेको थियो । आईओएमले शुल्क तोकेर पठाएपछि भने विवाद सिर्जना भएको हो । विएस्सी नर्सिङ र विएन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजले तोकिएभन्दा बढी शुल्क लिएको छ ।
‘भर्ना लिएर नपढाउनु कानुनतः अपराध हो । उजुरी परेपछि दुवै पक्षलाई राखेर सोमबार छलफल गर्यौं’-कास्की प्रहरी प्रमुख अशोक सिंहले भने-‘छलफलपछि बिहीबारदेखि नै पढाइ शुरु गर्ने विषयमा सहमति भएको छ ।
सहमति कार्यान्वयन नभए मुद्दा दर्ता गरेर आवश्यक कारबाही थाल्छौं ।’ कलेजले आईओमको मापदण्ड अनुसार तोकिएकै रकममा विद्यार्थी पढाउनुपर्ने र शुल्क थप्नुपरे आईओएमको स्वीकृति लिनुपर्ने सहमति भएको सिंहले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ