किरण श्रेष्ठ, तनहुँ । कोरोना महामारीका कारण विद्यालयमा क्वारेन्टाइन बनाइएपछि देशमा केहि सामुदायिक विद्यालयहरूले टोलटोलमै कक्षा सञ्चालन गर्न थालेका छन् ।
त्यहि मध्ये एक हो तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी मावि । खैरेनी माविले शिक्षकलाई टोलमै पठाएर पढाउन थालेको हो ।
शिक्षक र विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर लगाई सामाजिक दूरी भने अनिवार्य गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय बन्द गरिएपछि विद्यार्थीहरु विद्यालय जान वञ्चित भएका छन् ।

गत चैतको पहिलो साता वार्षिक परीक्षा सम्पन्न भएसँगै विद्यालय बन्द छन् । सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरिए पनि ग्रामीण भेगमा इन्टरनेट सुविधा छैन ।
अनलाइन र रेडियो मार्फत गरेर कतिपय विद्यार्थी पहुच भन्दा बाहिर रहेका कारण विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको खैरेनी माविका प्रधानाध्यापक केशवराज घिमिरेले बताए ।
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी समस्यामा परेकाले स्वअध्ययनको वातावरण सिर्जना गर्न पनि शिक्षकलाई टोलमै पठाएको उनको भनाइ छ । ‘हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गरेका छौँ,’ प्रधानाध्यापक घिमिरेले भने ।

यसका लागि विद्यालयले टोलटोलमा रहेको सार्वजनिक स्थान, आमा समूहका भवन, सामुदायिक भवन र बसोवास नभएका घर रोजेको छ । तोकिएको ठाउँमा हरेक बिहिबार र शुक्रबार शिक्षक जाने गरेका छन् ।
त्यसवरिपरिका विद्यार्थी कक्षाका लागि आउने गरेका छन् । ‘विद्यार्थीले नजानेका कुरा सिकाउनु हुन्छ, गृहकार्य दिनु हुन्छ,’ प्रधानाध्यापक घिमिरेले भने, ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा पढ्ने बानी कम भएकाले टोलटोलमै गएर पढाउन थालिएको हो ।’
कोरोना भाइरस विपद् र महामारी विश्वभर फैलिरहँदा नियमित पठनपाठन गर्न समस्यामा परेका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन मार्फत वैकल्पिक शिक्षा प्रणालीअन्तर्गत पठनपाठन भइहेका बेला शिक्षकहरु गाउँमै खटिएका हुन् ।

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहँदा वैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण कार्य गर्दा विद्यार्थीलाई सिकाइ कार्यमा सहज हुनुका साथै विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने प्रअ घिमिरे बताउछन ।
‘विद्यार्थी विद्यालयमा होइन विद्यालय विद्यार्थीको घरघरमा’ भन्ने अभियानका साथ टोल-टोलमा गएर पठन-पाठन सुरु गरिएको प्रअ घिमिरेले बताए ।
कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा ९ सय ६७ जना अघिल्लो शैक्षिक सत्रमा रहेका विद्यार्थी संख्या हो, अहिले थप १८४ जना नयाँ छन् ।
विद्यालयले ६ वटा समुहमा शिक्षकहरुलाई विभाजन गरेर टोल-टोलमा पठाएको छ । हरेक समुहमा विभिन्न विषयका ६ देखि ७ जना शिक्षक रहेका छन् । हरेक समुहमा शिक्षकहरुको पनि लिडर चयन गरिएको प्रअ घिमिरे बताउछन ।

लिडरले आफ्नो समुहका शिक्षकहरुलाई सम्बन्धित स्थानमा ठिक समयमा लैजाने प्रअ घिमिरे बताउछन । प्रअ घिमिरे भने छड्के चेक गर्दै विभिन्न स्थानमा पुगिरहेका हुन्छन ।
शिक्षकको पनि समुह निर्माण गरेर पठाउदा टोलटोलमा पढाउन सजिलो भएको विद्यालयले जनाएको छ । करिब ९० प्रतिशत विद्यार्थी कक्षामा सहभागी भइरहेको प्रधानाध्यापक घिमिरेले बताए । अन्य बाकीं विद्यार्थीलाई पनि कक्षामा सहभागी गाउने प्रयास भईरहेको प्रअ घिमिरेले बताए ।
टोलमै कक्षा सञ्चालन भएपछि विद्यार्थीले पनि खुसी लागेको बताउछन् । कक्षा १० मा अध्ययरत सन्ध्या तिमिल्सिनाले अब पढाइ हुने आशा जागेको बताइन् ।

पढाइ हुन थालेपछि केही आशा जागेको छ,’ उनले भनिन् । कक्षा ९ को परीक्षा दिएर घरै बसिरहेकी उनले आफैँले पढ्दा बुझ्न गाह्रो भएको बताइन् । ‘कक्षा १० को पुस्तक त छ, तर विद्यालय जान नपाउँदा पढ्न सकिएको थिएन ।’
पढाइ नहुँदा मोबाइल र टिभीमा मात्रै झुन्डिरहने गरेको अभिभावकको गुनासो थियो तर टोलमै कक्षा सञ्चालन हुन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

अनलाइन कक्षा असार १ गतेदेखि सुरु गरेको घिमिरेले बताए । यसअघि रेडियोबाट समेत कक्षा संचालन गरिएको थियो तर उपलब्धि कम भएपछि अहिले टोल-टोल शिक्षक हुन् ।
अनलाइन कक्षा पनि संचालनमा
त्यस्तै विद्यालयले प्रविधि र इन्टरनेटको पहुँचमा रहेका कक्षा ८, ९ र १० का विद्यार्थीलाई अनलाइन कक्षा निरन्तर संचालन गरिरहेको प्रअ घिमिरेले बताए । अनलाइन कक्षा बिहान ७ बजेदेखि ९ बजेसम्म संचालन हुने घिमिरेले जानकारी दिए । कक्षा १० को ६ वटा र अन्यको ३ वटा विषयको अनलाईन कक्षा संचालन भईरहेको प्रअ घिमिरेले बताए ।

घरबाटै परिक्षा लिने तयारीमा विद्यालय जुटेको प्रअ घिमिरे बताउछन । ‘हामिले पहिले विद्यार्थीलाई नमुना प्रश्न र उत्तर दिन्छु ।’ प्रअ घिमिरेले भने ‘त्यसको केहि दिनमा घर बाटै परिक्षा लिनेछौ ।’
विद्यार्थीका परिवारलाई विद्यालयले समन्वय गरि टाई सस्थाको सहयोगमा खाद्यान्न समेत सहयोग गरेको प्रअ घिमिरेले जानकारी दिए ।
कक्षा ११ को परिक्षा विद्यालय मै
विद्यालयले कक्षा ११ को परिक्षा भने आफ्नै भवनमा लिने बताएको छ । ८४ जना रेगुलर परिक्षार्थि रहेको विद्यालयले जनाएको छ । १० वटा कोठामा परिक्षा संचालन गर्ने तयारीमा विद्यालय लागिपरेको छ । हरेक कोठामा दुरी कायाम गरेर ८ देखि ९ जना मात्रै विद्यार्थी राखिनेछ ।
खैरेनी माविमा ३६ जना शिक्षक रहेका छन् । जसमा १८ जना महिला र १८ जना पुरुष शिक्षक रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?