तनहुँ । तनहुँकाे याम्पाफाँटबाट मानसिक अवस्था कमजाेर भएको एक जना महिलाकाे उद्दार गरिएकाे छ ।
बन्दिपुर गाउँपालिका वडा नं. ५ पृथ्वी राजमार्ग क्षेत्रमा लामो समयदेखि अलपत्र/बेवारिसे अवस्थामा रहेकी महिलाको बन्दिपुर गाउँपालिका ५ नं. वडा कार्यालयको समन्वयमा उद्धार गरिएको हो ।
उद्दार गरिएको महिलाले आफ्नो नामथर र ठेगाना बताउन नसक्ने अवस्थामा रहेको बन्दिपुर गाउँपालिकाले जनाएको छ । ती महिला अन्दाजी ३८-३९ वर्ष जत्तिको देखिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
उद्दार गरिएको महिलालाई कोशिश नेपालले ललितपुरमा लगेर उपचार गर्ने जनाएको छ । काेशिश नेपालले उपचारका लागि ललितपुर लगेको काेशिश नेपाल तनहुँकी कार्यक्रम संयाेजक मनिषा थापाले बताईन ।
याम्पाफाँटदेखि ललितपुर सम्म बन्दिपुर गाउँ पालिकाले आफ्नै सवारीमा राखेर पठाएकाे बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
अहिले महिलालाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिसकिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘यताबाट सबै ठाउँमा समन्वय गरेर पठाउने काम हाम्रो गाउँपालिकाले गर्यो’ अध्यक्ष थापाले भने ‘अब बाँकी उपचारका लागि सबै जिम्मा कोशिशले गर्छ ।’ उनले थपे ‘उद्धार गरिएको महिलाको पीसीआर टेस्ट गरेर मात्रै पठाईएको हो ।’
करिब ५ महिनादेखि उक्त याम्पाफाँट क्षेत्रमा सडकमै बस्दै आइरहेको भन्ने सुचना पाएलगत्तै उद्धारमा जुटेको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला