किरण श्रेष्ठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब कोरोना परीक्षणका लागी आइतबार पोखरा पठाइएको थियो ।
गाउँपालिकाले आइतबार २६ जनाको स्वाब संकलन गरि पोखरा पठाएको थियो ।
सोमबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।
२६ जनामा ८ जना महिला हुन भने १८ जना पुरुष हुन । जसमा २१ जना कर्मचारी, ४ जना जनप्रतिनिधि र १ जना स्थानीय रहेको सूचना अधिकारी डोटेलले बताए ।

गाउँपालिकाका एक जना कर्मचारीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
गाउँपालिकाले क्वारेन्टाइनमा बसेका र कर्मचारीहरुको साउन १४ गते संकलन गरेको स्वाबको परीक्षणमा ४२ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका कर्मचारीले केही दिनअघि बिरामी आमालाई कठमाडाँको अस्पतालमा भेटेर फर्किएका थिए ।
संक्रमित कर्मचारी पोखरास्थित होम आइसोलेसनमा रहेका छन् ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि साउन २० गते सम्मका लागि गाउँपालिकाले कार्यालय बन्द गरेको छ ।
कार्यालय परिसर जोखिम रहेकाले कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले बताए ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’