तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा कार्यालय बन्द गरिने भएको छ ।
कोरोना भाईरसको संक्रमण वडामा पनि देखी उच्च जोखिम रहेको भन्दै व्यास नगरपालिका वडा नं ९ बन्द गर्ने निर्णय भएको छ ।
व्यास-९ का वडाअध्यक्ष सुरेश थापाका अनुसार वडा कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा साउन २० गतेदेखि अर्को सूचना नभएसम्म बन्द गरिएको छ ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।
वडामा भिडभाड हुने हुँदा समुदायमा संक्रमण फैलिने डर भएको हुँदा वडा कार्यालय बन्द गरिएको उक्त सूचनामा जनाइएको छ ।
अमेरिकाबाट दिल्ली हुँदै नेपाल आएका २९ वर्षीया युवक गत साउन ७ गतेदेखि क्वारेन्टाइनमा रहेका थिए ।
गत साउन १६ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमितको सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीय संगै जनप्रतिनिधिहरुको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको वडाअध्यक्ष थापाले जानकारी दिए ।
साथै वडा भित्रका टोल, आमा समुह, युवा क्लब, विभिन्न संघ संस्था र सम्पुर्ण वडाबासीले धैर्यता र सजगता अप्नाएर सहयोग गरिदिन समेत वडा कार्यालयले अनुरोध गरेको छ ।
तनहुँमा कोरोना संक्रमितको संख्या १८३ जना पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेको संख्या १६६ पुगेको छ । यो पनि : तनहुँको व्यास नगरपालिकाका १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९ पुग्यो
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण