गण्डक न्युज पोखरा, २० माघ / पोखरा रंगशालामा ११ दिनसम्म पुगेर खेल हेर्ने हजारौं दर्शक मध्ये कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक ३ भलाबोटका उज्ज्वल पोखरेल सबैभन्दा भाग्यमानी दर्शक बने ।
डेढ सयको टिकट काटेर नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीचको फाइनल खेल हेर्न पुगेका उनले १ घण्टा बित्न नपाउँदै आफूले जितेको खुशीको खबर रंगशालामै सुने । प्रतियोगिता आयोजक सहारा क्लबले प्रतियोगिता अवधिभर खेल हेर्ने मध्येबाट काटिएका टिकटमध्ये गोलाप्रथाबाट ६३०५४ नम्बरको टिकटलाई स्कुटर विजेता घोषणा गर्दा सो नम्बरको टिकट उनकै हातमा थियो ।
डेढ सयको टिकटले खेलमा पहिलो हाफभर मनोरञ्जन त लिए नै । त्यसपछि स्कुटर उनको नाममा परेपछि हर्षको सीमा रहेन । उनले गण्डक न्युजसँग भने – ‘मैले अस्ति पुलिसको खेल हेरेको थिएँ । एकदम राम्रो लाग्यो । पुलिसको फाइनल खेल छुटाउन मन थिएन । हिजो मात्रै पोखराबाट घर गएको थिएँ । हतारमा आएर एक्लै टिकट काटेर छिरेँ । साथीहरु पहिल्यै रंगशाला छिरिसकेका रहेछन् । मलाई पर्दा त एकदम खुशी लाग्यो ।’

प्रमुख अतिथि राखेपका सदस्य सचिव केशवकुमार बिस्टको हातबाट लक्की ड्र गरिएको थियो । पोखरेल जागिर छाडेर अहिले विदेश जाने तयारीमा छन् । डेढ सयको टिकट काटी फुटबलको मज्जा लिएर उनी घर फर्कदाँ स्कुटर चढेर फर्किए ।
अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको एलइडी कलर टिभी प्राप्त गरे । उनको टिकट ६९२५३ लाई टिभी परेको हो ।

सम्बन्धित खबर
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्