तनहुँ । तनहुँको शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट बुधबार साँझ डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका कान्छा छोरा नारायण राना रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
साँझ घरको पिढीमा बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको प्रमुख बरालले बताए ।
स्थानीयले खोजी गर्दा घरबाट केही पर जिपे बाझोगरा भन्ने स्थानमा बालक दाहिने हात र टाउको मात्रै फेला परेको प्रमुख बरालले जानकारी दिए ।
घटनास्थलतर्फ डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालसहित शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली लगायतको टोलि जादै छन् ।
गत साउन १७ गते शनिबार मात्रै जिल्लाको आबुखैरेनी-१ समस्तिपुरमा चितुवाको आक्रमणमा परि १० वर्षीया अमिशा थापा घाइते भएकी थिइन ।
विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।
पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए ।
त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।
१० जनाको मृत्यु, ६ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा १० जना बालबालिकाले ज्यान गुमाएका छन ।
त्यस्तै ७ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।
यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने १० बालबालिका
गएका दुई वर्षमा मात्र तनहुँमा चितुवाको आक्रमणमा परी १० जना बालबालिकाले ज्यान गुमाएका छन् । आठजना घाइते भएका छन् । अधिकांशलाई घरको आँगन या पिँढीबाटै चितुवाले समातेको छ ।
चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोकका नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
त्यस्तै अहिले २०७७ साउन २१ गते शुक्लागण्डकी नगरपालिका–२ मसारका डेढ वर्षीय नारायण रानाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’