तनहुँ । तनहुँको व्यास ४ जलदेबी टोल बस्ने मृगौला पीडित रामलाल श्रेष्ठलाई तनहुँ समाज अष्ट्रेलियाले सहयोग गरेको छ ।
समाजले श्रेष्ठको उपचारका लागि ५० हजार सहयोग गरेको हो ।
गत १८ महिनादेखि दुबै मिर्गौला खराब भई उपचाररत रहेका श्रेष्ठको उपचारमा सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गरिएको युवा अभियान्ता सरोज भण्डारी जानकारी दिए ।
श्रेष्ठको पुर्खौली घर म्याग्दे गाउँपालिकाको दुभुङ हो ।
श्रेष्ठको घरमा पुगि सकृय युवा अभियान्ता लक्ष्मीभक्त खनाल, सरोज भण्डारी लगायतले तनहुँ समाज अष्ट्रेलियाको सहयोग ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन ।
छिट्टै सहयोगको लागि घर दैलो अभियान संचालन गर्ने अर्का युवा अभियान्ता लक्ष्मीभक्त खनालले बताए । उनले भने ‘आशा छ हाम्रो अभियानले पीडित रामलाल श्रेष्ठको उपचारमा सहयोग पुग्ने छ ।’
करेन्ट लागेर छोराको मृत्यु
मृगौला पीडित रामलाल श्रेष्ठको जेठा छोरा सुबास श्रेष्ठल(३०) को गत २१ गते बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. १ हाइस्कुलटार स्थित एक घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मुत्यु भएको छ ।
नेट जोड्ने क्रममा घाइते भएका श्रेष्ठको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचारका लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
श्रेष्ठ वर्ल्डलिंक ईन्टरनेटमा कार्यरत कर्मचारी थिए ।
घरमुलि मृगौला पीडित । रोजगारी गर्ने जेठा छोराको करेन्ट लागेर मृत्यु । अहिले श्रेष्ठ परिवारमा बज्रपात आइपरेको छ ।
श्रेष्ठको एउटा छोरा अपाङ्ग छन भने अर्का छोराको उमेर सानै छ ।
मृतक श्रेष्ठको परिवारलाई वर्ल्डलिंकले रोजगारी दिने
कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएका सुवास श्रेष्ठको परिवारलाई वर्ल्डलिंकले रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
मृतककी पत्नीले जागिर खान चाहेमा वल्र्ड लिंकले प्राथमिकता दिने दमौली शाखाका प्रमुख मनोज श्रेष्ठले बताए ।
उनले भने, ‘यदि मृतककी पत्नीले जागिर खान नचाहेमा घरपरिवारका कुनै १ सदस्यलाई सो अवसर दिइनेछ ।’
यस्तै, काम गर्ने सिलसिलामा ज्यान गुमाएका सुवासको परिवारलाई वर्ल्ड लिङ्कतर्फबाट क्षतिपूर्ति र बिमावापत साढे १७ लाख रुपैयाँ दिने सहमति भएको व्यास–४ का वडा अध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।
सो विषयमा पीडित परिवार र कम्पनीलाई राखेर सहमति गराइएको वडाअध्यक्ष न्यौपानेले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर