तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पु बजारमा म्याग्दे पोलिक्लिनिक संचालनमा आएको छ ।
पोलिक्लिनिकको उद्घाटन म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गरेकी थिइन ।
प्रमुख अतिथि रानाले म्याग्देमा स्वास्थ्य संस्थाको आवश्यकतालाई ध्यानमा राखी स्थानीय तथा बाह्य सेवाग्राहीलाई सेवा दिने उद्देश्यले खोलिएको पोलिक्लिनिक म्याग्दे गाउँपालिकाकै एउटा स्वास्थ्य सेवाको नमूना एवम् उदाहरण रहेको बताईन ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र म्याग्दे गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष प्रेमबहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।
संस्थापक सदस्य तथा परिकल्पनाकार डा.प्रदिप थापाले आफ्नो परिश्रम, मिहेनतको फल आफ्नै जन्मभूमिमा विजारोपण गर्न पाउँदा आफू गर्भवान्वित र खुशी भएको बताए ।
२४सै घण्टा डाक्टरबाट इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे सेवा, बहिरंग सेवा, स्वास्थ्य परीक्षण लगाएतको सेवा पोलिक्लिनिकले दिने डा.थापाले बताए ।
उद्घाटन कार्यक्रम औपचारीक समापन लगतै ८० जना सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थापक सदस्य डा.निसिकान्त यादवले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’