तनहुँ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक हप्ता गाउँपालिका क्षेत्र सिल गर्ने निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइएको छ ।
चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहित दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
गाउँपालिकामा दुई जना मात्रै संक्रमित छन् ।
क्षेत्र विकास समितिका अध्यक्ष पौडेलसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको गाउँपालिका अध्यक्ष थापाले बताए ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताएका छन् ।
आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसँग पछिल्ला केहीदिन यता सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन