गण्डक न्युज पोखरा , २१ माघ / पोखरामा राष्ट्र शान्ति मानवीय मैत्री श्रीमद्भागवत १०८ विराट महायज्ञ सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ मासबार स्थित पुस्करेश्वर महादेव मन्दिरमा सुरु आइतबारदेखि सुरु महायज्ञ फागुन २ गते सम्म सञ्चालन हुनेछ ।
उक्त महायज्ञको उद्घाटन प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले गरे । उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख कुंवरले धर्म र कानुनले शासित समाज नै सुखी, समृद्ध र शान्त हुने बताए । जुनसुकै धर्म अबलम्बन गर्ने संबैधानिक स्वतन्त्रता भएता पनि प्राप्त गर्ने कुरा एउटै भएको बताउदै धर्म र कानुनको पालनाले मात्रै उन्नति प्राप्त हुने कुरामा उनको जोड थियो ।
आध्यात्मिक चिन्तन मनन्ले मानिसलाइ सदाचारी, निष्ठावान र आफैंलाइ शासन गर्ने क्षमता अभिवृद्धी गर्ने भन्दै आफैंलाइ शासन गर्न नसक्नेले अरुलाई शाषन गर्न नसक्ने कुँवरको भनाई छ । प्रदेशप्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा कुँवर महायज्ञ पुगेका हुन् ।

उद्घाटन समारोहमा नेपाल सरकारका पुर्व सचिब ठाकुर प्रसाद बराल, वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बराल लगाएतले बोलेका थिए । पुश्करेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको उक्त समारोहको सञ्चालन यज्ञ व्यवस्थापन समितिका महासचिव सरोज नारायण बरालले गरेका थिए ।
महायज्ञ दानका लागि भन्दापनि ज्ञानका लागि भन्दै युवा पण्डित देवनयन नारायण लामिछानेले महायज्ञ अबधिभर हरेक दिन बिहान योग शिबिर, बिहान ११ बजे देखि कथा वाचन, बालबालिकालाई नैतिक शिक्षा र सांझमा महात्म्य भजन किर्तन हुने बताए ।
उद्घाटन समारोहको पूर्वसन्ध्यामा स्थानीय आमा समूह, महिला समूह, टोलविकास संस्थाको उपस्थितिमा कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा महायज्ञ स्थल श्री कृष्ण मावि को खुल्ला चौरबाट सुरु भइ शान्ति नगर चोक, जिरो किलो मिटर, सृजना चोक , सिमल चौर , रत्न चोक हुँदै पुनः यज्ञ स्थलमा पुगी सम्पन्न भएको थियो ।
तस्विरः मधु अधिकारी
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो