गण्डक न्युज पोखरा , २१ माघ / पोखरामा राष्ट्र शान्ति मानवीय मैत्री श्रीमद्भागवत १०८ विराट महायज्ञ सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ मासबार स्थित पुस्करेश्वर महादेव मन्दिरमा सुरु आइतबारदेखि सुरु महायज्ञ फागुन २ गते सम्म सञ्चालन हुनेछ ।
उक्त महायज्ञको उद्घाटन प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले गरे । उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख कुंवरले धर्म र कानुनले शासित समाज नै सुखी, समृद्ध र शान्त हुने बताए । जुनसुकै धर्म अबलम्बन गर्ने संबैधानिक स्वतन्त्रता भएता पनि प्राप्त गर्ने कुरा एउटै भएको बताउदै धर्म र कानुनको पालनाले मात्रै उन्नति प्राप्त हुने कुरामा उनको जोड थियो ।
आध्यात्मिक चिन्तन मनन्ले मानिसलाइ सदाचारी, निष्ठावान र आफैंलाइ शासन गर्ने क्षमता अभिवृद्धी गर्ने भन्दै आफैंलाइ शासन गर्न नसक्नेले अरुलाई शाषन गर्न नसक्ने कुँवरको भनाई छ । प्रदेशप्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा कुँवर महायज्ञ पुगेका हुन् ।

उद्घाटन समारोहमा नेपाल सरकारका पुर्व सचिब ठाकुर प्रसाद बराल, वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बराल लगाएतले बोलेका थिए । पुश्करेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको उक्त समारोहको सञ्चालन यज्ञ व्यवस्थापन समितिका महासचिव सरोज नारायण बरालले गरेका थिए ।
महायज्ञ दानका लागि भन्दापनि ज्ञानका लागि भन्दै युवा पण्डित देवनयन नारायण लामिछानेले महायज्ञ अबधिभर हरेक दिन बिहान योग शिबिर, बिहान ११ बजे देखि कथा वाचन, बालबालिकालाई नैतिक शिक्षा र सांझमा महात्म्य भजन किर्तन हुने बताए ।
उद्घाटन समारोहको पूर्वसन्ध्यामा स्थानीय आमा समूह, महिला समूह, टोलविकास संस्थाको उपस्थितिमा कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा महायज्ञ स्थल श्री कृष्ण मावि को खुल्ला चौरबाट सुरु भइ शान्ति नगर चोक, जिरो किलो मिटर, सृजना चोक , सिमल चौर , रत्न चोक हुँदै पुनः यज्ञ स्थलमा पुगी सम्पन्न भएको थियो ।
तस्विरः मधु अधिकारी
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?