किरण श्रेष्ठ, तनहुँ । तनहुँमा पनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ । तनहुँकाे व्यास नगरपालिका-१ निवासी ६९ वर्षीया महिलामा शुक्रबार काेराेना संक्रमण पुष्टि भएकाे छ ।
क्षयराेग उपचार केन्द्र पाेखरामा उक्त महिला कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे । कोरोना पुष्टि भएसंगै महिलालाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसाेलेनमा भर्ना गरिएकाे छ ।
कोरोना संक्रमण पुष्टि हुनुअघि पाेखरास्थित एक अस्पतालमा उपचाररत थिइन् ती महिला ।

पाेखरा जानु अगाडी ती महिलाले साउन २६ गते दमाैलीस्थित नेशनल एपोलो हस्पिटलमा भिडियाे एक्सरे गराएकाे खुलेकाे छ ।
पित्तथैलीकाे शल्यक्रियाका लागि साउन २७ गते पाेखरामा गएकी थिइन् । उपचारकै क्रममा उनको स्वाब सङ्कलन गरिएकाे थियाे ।
याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ६ सय ८२ पुगेकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माले जानकारी दिए ।
डाक्टर र नर्स क्वारेन्टाइनमा
पोखरा जानुअघि दमौलीको नेशनल एपोलो हस्पिटलमा महिलाले भिडियाे एक्सरे गराएकी थिइन् । महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै हस्पिटलका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।
ती महिलाले २६ गते अस्पतालमा भिडियो एक्सरे गराएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
‘सीसीटिभी फुटेज हेर्दा ती महिला ३ जनाको प्रत्यक्ष सम्पर्कमा आएको देखिन्छ ।’ प्रमुख सोतीले भने ‘१ जना डाक्टर र २ जना नर्स हुन् ।’ उनले थपे ‘३ नै जना अहिले क्वारेन्टाइनमा बसेका छन् ।’
उनीहरुको पीसीआर गर्ने तयारी भईरहेको प्रमुख सोतीले बताए ।
संक्रमित भेटिएसंगै वडा कार्यालय बन्द
व्यास नगरपालिका-१ काे वडा कार्यालय शुक्रबारदेखि बन्द गरिएकाे छ । वडा कार्यालय नजिकको महिलामा काेराेना पुष्टि भएपछि महिलाकाे सम्पर्कमा अन्य व्यक्तिहरु सम्पर्कमा आएकाे र जाेखिम फैलन नदिनका लागि वडा कार्यालयका सम्पूर्ण सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे वडा सचिव सावित्री आचार्यले जानकारी दिईन ।

समुदायमा कोरोना
शुक्रबार मात्रै जिल्लाको भानु नगरपालिकाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्थानियमा कोरोना देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संक्रलन गरिएको थियो ।
१२२ जना मध्ये ८९ जनाको रिपोर्ट आएको र बाँकी अन्यको रिपोर्ट आउन बाँकी नै भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिए ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो