किरण श्रेष्ठ, तनहुँ । तनहुँका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् ।
तनहुँको भानु नगरपालिकामा ठेकेदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मंगलबारबाट जिल्लाको भानु नगरपालिकाले एक हप्ताका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको थियो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
यस्तै, बन्दिपुर गाउँपालिकाले शुक्रबारबाट लागु हुने गरी पुन: एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । शुक्रबार बन्दिपुर गाउँपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

शुक्रबार मात्रै जिल्लाको भानुमा २० जना संक्रमित थपिएका छन् ।
बन्दिपुर गाउँपालिकाका अनुसार लकडाउनको समयमा गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक(स्वास्थ्य, संचार, दुग्ध, खाद्यान्न, तरकारी, दाना) बाहेकका सम्पूर्ण बजार, उद्योग, बैंक तथा बित्तिय संस्थाहरु पूर्णरूपमा ठप्प हुनेछन् ।
त्यस्तै अन्यावाश्यक बाहेक घर बाहिर ननिस्किन, सभा तथा सम्मेलन, भोजभतेर तथा खेलकुदका कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
साथै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन अनुरोध समेत विज्ञप्तिमा भनिएको छ । मास्क नलगाउनेलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना समेत गरिने गाउँपालिकाले जनाएको छ ।
प्रशासनले जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जीमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, व्यापार, व्यवसाय नगर्न निर्देशन दिँदै आएको छ । तर यसको पूर्णपालना र अनुगमन हुन सकेको छैन ।
संक्रमितको संख्या २१० पुग्यो
तनहुँमा कोरोना संक्रमितको संख्या २१० जना पुगेको छ । यस्तै गरी निको हुनेको संख्या १८० जना रहेका छन् । जिल्लाका ३० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

समुदायमा कोरोना संक्रमण हुन थालेसंगै कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लाको भानु, देवघाट लगाएतका स्थानिय तहमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन