तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले माक्स नलगाउने लाई कारबाही गरेको छ । प्रहरीले माक्स नलागाउने ९८ जनालाई कारवाही गरी माक्स समेत वितरण गरेको छ ।
उनीहरुलाई १०० रुपैयाँ जरिवाना गरी माक्स समेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
मास्क नलगाई पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सञ्चालन गरिएको कारवाही अभियानमा कारवाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरुपमा जानकारी समेत गराइएको प्रहरीले जनाएको छ ।
सरकारले कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकलाई अनुरोध गरेको छ ।
हाल लकडाउन खोलिएपनि कोरोनाको जोखिम भने कायमै रहेको अवस्थामा मास्क लगाई अन्य स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सरकारले नगारिकलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा माक्सकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण