तनहुँ । तनहुँको व्यास-४ दमौली स्थित रत्नहरि मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
रत्नहरि अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब परीक्षण गरिएको थियो ।
उनीहरुको स्वाब गत २९ गते बिहिबार संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
आज शनिबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको श्री रत्नहरि मेमोरियल अस्पतालका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।

रत्नहरि अस्पतालमा गत साउन २६ गते कोरोना संक्रमण पुष्टि भएका व्यक्ति स्वास्थ्य परीक्षणका लागि आएका थिए ।
संक्रमित व्यक्तिको क्लोज कन्ट्रयाक्टमा आएका चिकित्सक, नर्स, ल्याबका प्राविधिक सहित ९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
अस्पतालले ती ९ जनासहित आफ्ना सबै स्वास्थ्यकर्मी र कर्मचारी गरि ३० जनाको पीसीआर परीक्षण गराएको थियो ।
जसमा ३ जना डाक्टर, ९ जना नर्स, २ जना ल्याबका प्राविधिक, २ जना टेक्निसियन, ५ जना अहेव, फार्मेसीका २ जना, रिसेप्सनका २ जना र अन्य एम्बुलेन्स चालक र सहयोगीहरुको पीसीआर गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीको रिपोर्ट नेगेटिभ आएसगै अस्पतालले आफ्नो सेवा नियमित रुपमा सुचारु गर्ने जनाएको छ । अस्पतालले आफ्नो सेवा अझै भरपर्दो र गुणस्तरीय बनाएर सेवामा खटिने बताएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन