तनहुँ । तनहुँको व्यास नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको व्यास नगरपालिका-१ का २ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको हो ।
व्यास नगरपालिका-१ का ९ र ४० वर्षीय पुरुष र १३ र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमितहरु गत साउन २६ गते कोरोना पुष्टि भएकी व्यास-१ की वृद्धाको परिवार रहेको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
उनले भने ‘वृद्धाको परिवारको ७ मध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य ३ जना परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
पोखरा गएर वृद्धाको परिवारले स्वाब परीक्षणका लागी दिएका थिए । शनिबार व्यास नगरपालिका-१ मा नगरपालिकाले स्वाब लिएको प्रमुख सोतीले जानकारी दिए ।
वृद्धाको कन्ट्रयाक्टमा आएकाको पहिचान गर्दै स्वाब लिईएको सोतीले जानकारी दिए ।
वृद्धा पोखरा जानुअघि दमौलीको एपोलो हस्पिटलमा स्वास्थ्य परीक्षणमा गएको हुँदा हस्पिटलका ३ जनाको स्वाब संकलन गरिएको छ ।
साउन ३१ गते शनिबार १०२ जनाको स्वाब संकलन गरिएको सोतीले बताए । आइतबार मात्रै भानु नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण