पोखरा, २२ माघ । संघीयताको कार्यान्वयनको चरणमा यो खर्चिलो र राज्यले धान्न नसक्ने भन्दै केह असन्तुष्टि पनि नआएका होईनन् । राष्ट्रिय जनमोर्चाले भने पहिल्यैदेखि संघीयताको विरोध गर्दै आएको छ । प्रदेश नं. ४ को पहिलो प्रदेश सभा बैठकमा पनि विरोध भएको छ ।
संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो पार्टीको संघीयता प्रतिको असन्तुष्टी कायमै रहेको धारणा राखे । ‘संघीयताप्रति हाम्रो असहमति छ र यो असहमति यथवात रहन्छ’, बैठकलाई सम्बोधन गर्दै उनले भने–‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो भएको छ । बाँधिराखौं भने महंगो पर्छ, छोडौं भने जनताको बलिदान सकिन्छ ।’
उनले दक्षिण र उत्तरको प्रभावमा नपरी प्रदेश बलियो बनाउन लागि पर्नुपर्ने बताए । थापा नेकपा एमाले र माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जित्दै प्रदेश सभामा पुगेका हुन् । जनमोर्चाले गणतन्त्रका पक्षपाती एमाले र माओवादीसँग बागलुङ र प्युठानसहितका जिल्लामा चुनावी तालमेल गरेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता कडा आलोचकमध्ये एक हुन् ।
उसो त नेपाली काँग्रेसकै वरिष्ठ नेताहरुले समेत संघीयता मुलुकले धान्न नसक्ने समाचार सावैजनिक भएको छ । दलहरु अब चाहेर पनि पछाडि फर्कन सक्ने अवस्था भने छैन ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै