तनहुँ । तनहुँको बन्दिपुर-५ याम्पाका कोरोना संक्रमितका परिवारसहित बन्दिपुर गाउँपालिकाका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
याम्पाका एक पुरुषमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्थानीय निर्माण व्यवसायी रहेका युवामा कोरोना देखिएपछि कन्ट्रायाक्ट ट्रेसिङका आधारमा याम्पाका ४० जनाको स्वाब संकलन गरिएको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।
त्यस्तै क्वारेन्टाइनमा बसेका अन्य ६ जनाको समेत स्वाब संकलन गरी परीक्षणमा गरिएको थियो । सबै ४६ जना कै रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।
कोरोना पोजिटिभ देखिएका पुरुषका परिवारको रिपोर्ट पनि नेगेटिभ आएको अध्यक्ष थापाले बताए ।
समुदायमा कोरोना संक्रमीत भेटिए संगै गाउँपालिकाले गत साउन ३० गतेदेखि १ हप्ताका लागि गाउँपालिका सिल गरेको छ । सिल गरेपछि आवातजावत ठप्प रहेको अध्यक्ष थापाले जानकारी दिए ।
उनले भने ‘अहिले सर्वसाधारण नै आफै सचेत भएर बस्नुभएको छ ।’
अहिलेसम्म बन्दिपुर गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ३ जना आइसोलेसनमा रहेका छन ।
मास टेस्टिङको तयारी
बन्दिपुर गाउँपालिकाले समुदायमा मास टेस्टिङ गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले वडा नम्बर १ को डुम्रे बजारमा पनि समुदायका व्यक्तिमा कोरोना परीक्षण गर्ने भएको छ ।
भानु नगरपालिकाका व्यक्तिको सम्पर्कमा आएका, पसल, बैक, प्रहरी कार्यालय लगायतका व्यक्तिको कोरोना परीक्षण गरिने अध्यक्ष थापाले जानकारी दिए ।
कन्ट्रयाक्ट ट्रेसिंङको काम भईरहेको र अहिलेसम्म ८० भन्दा व्यक्तिहरुको नाम लिस्ट आइसकेको थापाले बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन