तनहुँ याम्पाका कोरोना संक्रमितको परिवारसहित बन्दिपुरका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

तनहुँ याम्पाका कोरोना संक्रमितको परिवारसहित बन्दिपुरका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Corona Trot Swap

तनहुँ । तनहुँको बन्दिपुर-५ याम्पाका कोरोना संक्रमितका परिवारसहित बन्दिपुर गाउँपालिकाका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

याम्पाका एक पुरुषमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्थानीय निर्माण व्यवसायी रहेका युवामा कोरोना देखिएपछि कन्ट्रायाक्ट ट्रेसिङका आधारमा याम्पाका ४० जनाको स्वाब संकलन गरिएको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।

त्यस्तै क्वारेन्टाइनमा बसेका अन्य ६ जनाको समेत स्वाब संकलन गरी परीक्षणमा गरिएको थियो । सबै ४६ जना कै रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

कोरोना पोजिटिभ देखिएका पुरुषका परिवारको रिपोर्ट पनि नेगेटिभ आएको अध्यक्ष थापाले बताए ।

समुदायमा कोरोना संक्रमीत भेटिए संगै गाउँपालिकाले गत साउन ३० गतेदेखि १ हप्ताका लागि गाउँपालिका सिल गरेको छ । सिल गरेपछि आवातजावत ठप्प रहेको अध्यक्ष थापाले जानकारी दिए ।

उनले भने ‘अहिले सर्वसाधारण नै आफै सचेत भएर बस्नुभएको छ ।’

अहिलेसम्म बन्दिपुर गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ३ जना आइसोलेसनमा रहेका छन ।

मास टेस्टिङको तयारी

बन्दिपुर गाउँपालिकाले समुदायमा मास टेस्टिङ गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले वडा नम्बर १ को डुम्रे बजारमा पनि समुदायका व्यक्तिमा कोरोना परीक्षण गर्ने भएको छ ।

भानु नगरपालिकाका व्यक्तिको सम्पर्कमा आएका, पसल, बैक, प्रहरी कार्यालय लगायतका व्यक्तिको कोरोना परीक्षण गरिने अध्यक्ष थापाले जानकारी दिए ।

कन्ट्रयाक्ट ट्रेसिंङको काम भईरहेको र अहिलेसम्म ८० भन्दा व्यक्तिहरुको नाम लिस्ट आइसकेको थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds