तनहुँ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।
जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाकामा निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समुदायमा अझै धेरै फैलन सक्ने परिस्थिती सृजना भएकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार विहान बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ अनुसार व्यास र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले व्यास नगरपालिकामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको हो । उक्त अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरु गर्न पाईने छैन ।
यी हुन गर्न नपाइने काम
बैंक तथा वित्तिय संस्थाका कुनै पनि सेवाहरु पुर्णरुपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य कुनै पनि सेवाहरु बन्द गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
यस अवधिमा सर्वसाधरणले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर निस्कन पाउने छैनन् । निस्कनै पर्दा अनिवार्य मास्कको प्रयोग गर्ने तथा समुहमा ननिस्कने, भौतिक र सामाजिक दुरी कायम गर्नु पर्ने, मठ मन्दिर तथा सार्वजानिक स्थानमा भेला हुन नपाईने, साथै धार्मिक तथा सामाजिक कार्यमा भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
यी हुन गर्न पाईने काम
तर यो अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापनका सेवाका कार्यहरु सन्चालन गर्न पाईने छ ।
त्यस्तै राष्ट्रिय राजमार्गमा सन्चालन हुने सवारी साधन पनि सन्चालन हुने छ, त्यस्तै सरकारी तथा सार्वजानिक कार्यलयका नियमित कार्यहरु पनि सन्चालन गर्न पाईने भएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरि औषधी र औषधीजन्य पसलहरु, खाद्य सामाग्री पसल, दुध जन्य सामाग्रीको पसल, फलफुल र तरकारीको पसल पनि सन्चालन गर्न पाईने छ ।
त्यसैगरि एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, औषधी, फलफुल, कुखुराको दाना, चल्ला, माछा, मासु, तरकारी र फलफुल, दुध, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोगका झन्डावाल सवारी साधन, सुरक्षा निकायका, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासनले पास उपलब्ध गराएका सवारी साधन पनि सन्चालन गर्न पाईने सुचनामा उल्लेख छ ।
उक्त आदेश उल्लंघन गरको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस