तनहुँ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।
जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाकामा निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समुदायमा अझै धेरै फैलन सक्ने परिस्थिती सृजना भएकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार विहान बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ अनुसार व्यास र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले व्यास नगरपालिकामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको हो । उक्त अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरु गर्न पाईने छैन ।
यी हुन गर्न नपाइने काम
बैंक तथा वित्तिय संस्थाका कुनै पनि सेवाहरु पुर्णरुपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य कुनै पनि सेवाहरु बन्द गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
यस अवधिमा सर्वसाधरणले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर निस्कन पाउने छैनन् । निस्कनै पर्दा अनिवार्य मास्कको प्रयोग गर्ने तथा समुहमा ननिस्कने, भौतिक र सामाजिक दुरी कायम गर्नु पर्ने, मठ मन्दिर तथा सार्वजानिक स्थानमा भेला हुन नपाईने, साथै धार्मिक तथा सामाजिक कार्यमा भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
यी हुन गर्न पाईने काम
तर यो अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापनका सेवाका कार्यहरु सन्चालन गर्न पाईने छ ।
त्यस्तै राष्ट्रिय राजमार्गमा सन्चालन हुने सवारी साधन पनि सन्चालन हुने छ, त्यस्तै सरकारी तथा सार्वजानिक कार्यलयका नियमित कार्यहरु पनि सन्चालन गर्न पाईने भएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरि औषधी र औषधीजन्य पसलहरु, खाद्य सामाग्री पसल, दुध जन्य सामाग्रीको पसल, फलफुल र तरकारीको पसल पनि सन्चालन गर्न पाईने छ ।
त्यसैगरि एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, औषधी, फलफुल, कुखुराको दाना, चल्ला, माछा, मासु, तरकारी र फलफुल, दुध, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोगका झन्डावाल सवारी साधन, सुरक्षा निकायका, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासनले पास उपलब्ध गराएका सवारी साधन पनि सन्चालन गर्न पाईने सुचनामा उल्लेख छ ।
उक्त आदेश उल्लंघन गरको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?