तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका एक युवतीको पोखरामा मृत्यु भएको छ । मंगलबार बन्दिपुर–६ निवासी २६ वर्षीया युवतीको ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै मृत्यु भएको हो ।
गत साउन २० गते तनहुँको बन्दिपुर अस्पतालमा उपचारका लागि उनी भर्ना भएकी थिइन तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मंगलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा जाँचका लागि पुगेकी थिइन् ।
मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर बिरामीलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गरेका थिए ।
श्वाप्रश्वासमा समस्या देखिएपछि तनहुँको बन्दीपुरबाट उनलाई उपचारका लागि पोखराको ग्यालेक्सी हस्पिटलमा भर्ना गरिएको थियो ।
‘युवती मेरो मेडिकलमा आउँदा अक्सिजन कम भइसकेको थियो,’ अध्यक्ष थापाले भने, ‘डाक्टरसँग सम्पर्क गरेर पठाएको केही घन्टामै मृत्युको खबर आयो ।’
ती युवतीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार उक्त नतिजा आज बेलुका ८ बजेसम्म आउनेछ ।
पोखरामा मंगलबारै २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो ।
त्यसअघि पोखरामै तनहुँ व्यास-१ अम्रेनीकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु