तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका एक युवतीको पोखरामा मृत्यु भएको छ । मंगलबार बन्दिपुर–६ निवासी २६ वर्षीया युवतीको ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै मृत्यु भएको हो ।
गत साउन २० गते तनहुँको बन्दिपुर अस्पतालमा उपचारका लागि उनी भर्ना भएकी थिइन तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मंगलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा जाँचका लागि पुगेकी थिइन् ।
मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर बिरामीलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गरेका थिए ।
श्वाप्रश्वासमा समस्या देखिएपछि तनहुँको बन्दीपुरबाट उनलाई उपचारका लागि पोखराको ग्यालेक्सी हस्पिटलमा भर्ना गरिएको थियो ।
‘युवती मेरो मेडिकलमा आउँदा अक्सिजन कम भइसकेको थियो,’ अध्यक्ष थापाले भने, ‘डाक्टरसँग सम्पर्क गरेर पठाएको केही घन्टामै मृत्युको खबर आयो ।’
ती युवतीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार उक्त नतिजा आज बेलुका ८ बजेसम्म आउनेछ ।
पोखरामा मंगलबारै २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो ।
त्यसअघि पोखरामै तनहुँ व्यास-१ अम्रेनीकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’