तनहुँको शुक्लागण्डकी र व्यास नगरपालिकाका २ सहित थप १४ जनामा कोरोना पुष्टि

तनहुँको शुक्लागण्डकी र व्यास नगरपालिकाका २ सहित थप १४ जनामा कोरोना पुष्टि

kathmandu

पोखरा – गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २ जिल्ला तनहुँ र नवलपुरका बिभिन्न स्थानीय तहका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं -४ का २९ वर्षीय पुरुष र व्यास नगरपालिका -३ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं -३ का ३८ र २२ वर्षका पुरुष, कावासोती -२ का ४९, २२, ५४ र २६ वर्षका  पुरुष, हुप्सेकोट गाउँपालिका -३ का ४२ वर्षीय पुरुष, देवचुली नगरपालिका -१ का १७ वर्षीय युवक, गैंडाकोट नगरपालिका -१ का एक पुरुष (उमेर नखुलेको) गैंडाकोट -७ का ३३ वर्षीय पुरुष र २७ वर्षीया महिला र गैंडाकोट -५ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या  १७८३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds