तनहुँ । तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकामा १/१ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका-४ का २९ वर्षीय र व्यास नगरपालिका-३ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित प्रहरी र सवारी चालक
बुधबार संक्रमण पुष्टि भएका व्यास नगरपालिका-३ का ३८ वर्षका पुरुष प्रहरी हुन् भने शुक्लागण्डकी नगरपालिका-४ का २९ वर्षका पुरुष सवारीचालक हुन् ।
व्यास नगरपालिका-३ का पुरुष जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार कन्ट्याकट ट्रेसिङका आधारमा स्वाब दिएदेखि नै ती प्रहरी क्वारेन्टिनमै बस्दै आएका र अहिले उनलाई दमौली अस्पतालको आइसोलेसनमा लगिएको छ ।
त्यस्तै, शक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाका २९ वर्षीय पुरुष सवारी चालक रहेको खुलेको छ । दुलेगौंडास्थित एक अस्पतालबाट केही दिन अगाडि ४८ जनाको स्वाब संकलन गरिएकामा उनमा संक्रमण पुष्टि भएको हो ।
चालकमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकीमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । ती पुरुषको ट्राभल हिष्ट्री नभएको तर रिपोर्ट पोजेटिभ आएकाले समुदायमा संक्रमण फैलिएको आशंका गरिएको हो ।
उनी स्थानीय एक व्यवसायिक संस्थाको ड्राइभर रहेको बताइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतराको आइसोलेसनमा लगिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
तनहुँमा पछिल्लो समय ट्राभल हिस्ट्री नभएका समुदायका नागरिकहरुमा लक्षण सहितको संक्रमण देखिन थालेपछि त्रास बढ्दै गएको छ ।
६ जना प्रहरीमा कोरोना पुष्टि
जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत कार्यालयका ६ जना प्रहरीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ । व्यास नगरपालिकामा २, भानु नगरपालिकमा २, बन्दिपुर गाउँपालिक र आँबुखैरेनी गाउँपालिकामा १/१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोमा बन्दिपुर र आँबुखैरेनीका प्रहरी भने निको भएका छन् ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?