तनहुँ । पोखराको ग्यालेक्सी हस्पिटलमा मंगलबार मृत्यु भएको तनहुँको बन्दिपुर गाउँपालिका–६ निवासी २९ वर्षीया युवतीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ती युवतीको हस्पिटल भर्ना भएको आधा घण्टामै मृत्यु भएको थियो ।
युवतीलाई श्वासप्रश्वासमा समस्या आएपछि पोखरा स्थित ग्यालेस्क्सी हस्पिटल भर्ना गरिएको थियो ।
उनको मृत्युपछि स्वाब सङ्कलन गरी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले ती युवतीको कोरोना परीक्षण गरिएको थियो ।
ती युवती साउन २० गते बन्दिपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मङ्गलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा परीक्षणका लागि पुगेकी थिइन् ।
मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर उनलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’