तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले भोलि शुक्रबार भदौ ५ गतेदेखि एक हप्ता सिल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि भदौ १२ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलने जोखिम भएकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन गाउँवासीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आग्रह गरेकी छिन ।
जिल्लाको अन्य पालिकाहरुमा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि म्याग्दे गाउँपालिका पनि जोखिममा परेको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा एक हप्तालाई बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
के के संचालन गर्न पाईन्छ ?
बिरामी ओसारपसार गर्ने एम्बुलेन्स, सवारी साधन, औषधि विक्रीवितरण एवं औषधि ढुवानी सेवा, मलामी, किरियापुत्रीलाई किरिया बस्ने स्थानसम्म पुर्याउने सवारीसाधन, विद्युत, सञ्चार, खानेपानी आपूर्तिलाई सुचारु गर्न खटिने प्राविधिकको आवतजावत, स्वास्थ्य तथा अत्यावश्यक सेवामा खटिने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको आवतजावत, पशुपंक्षीको दाना, तरकारी, फलफूल, दूध र दूग्धजन्य उत्पादनका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
के पाईदैन ?
यस अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न, अनावश्यक भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने विद्युतीय कारोवार र एटिएम बाहेकका अन्य सेवा, अत्यावश्यक सेवा बाहेकका अन्य सेवा, उद्योग, कलकारखाना, यात्रुवाहक सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न पाइनेछैन ।
साथै होटल, बिजुली पसल, मोवाइल पसल, हार्डवेयर, ग्यारेज, हेयरकटिङ, व्युटीपार्लर, भाडा पसल, फुटपाथ पसल, सबै प्रकारका शैक्षिक संस्था एवं तालीम तथा प्रशिक्षण केन्द्र पनि बन्द रहनेछन् ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ