गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । पत्रकार अमरराज नहर्कीको शब्द रचनामा रहेको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ । सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंको मार्फत गीत बजारमा आएको हो ।
कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजानिक गर्ने चाहाना भएपनि कोरोनाको कहरले गर्दा सिधै गीत बजारमा ल्याईएको गीतको निर्माता प्रभा नहर्कीले बताईन ।
गीतमा स्वर तथा सङ्गीत गायक नवराज थापाको रहेको छ । म्युजिक भिडियोको निर्देशन पत्रकार समुन्द्र पौडेलले गरेका छन् ।
गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माले गरेका हुन्।
नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको विदेश गएका कयौं युवा जोखिम युत्त काम गर्नु पर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ ।
स्थानीय, प्रदेश तथा संघिय सरकारलाई युवाहरुलाई स्वदेशमा रोजगारी दिने शिक्षा, दिक्षा दिने तथा वातावरण सृजना गर्ने दबाब दिने तथा युवाहरु पनि स्वदेशमै उद्यमशिल बन्न उत्प्रेरित बन्न मद्धत पुगोस् भन्ने उद्धेश्यले गीत विरानो देशको म्युजिक भिडियो निमार्ण गरिएको गीतकार नहर्कीले बताए ।
गीत यस्तो रहेको छ –
हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बक्ति छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै रुँदै आएको म कमाउनलाई धन
बुढाभाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराई ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बुढापाका, खेली हिड्ने साथी
बिर्सिदिन कहिल्यै पनि राख्छु शिर माथी
पत्रकार नहर्की बाल्यकाल देखि नै साहित्य लेखनमा छन् । उनले विभिन्न साहित्यिक प्रतियोगितामा भाग लिएर पुरस्कृत हुँदै आएका छन् ।
गत वर्ष तनहुँको भानु नगरपालिकाले २०६औं भानु जयन्तीको अवसरमा आयोजित खुला कवितामा प्रथम भएका थिए ।
२०५५ सालमा आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको कविता प्रतियोगितामा नहर्की प्रथम भएका थिए । पत्रकार नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता हुन ।
हेर्नुहोस भिडियो :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’