तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजना तथा सुनौलो परिवार नेपालद्धारा सञ्चालित मेरिस्टोप सेन्टर डुम्रेको सहकार्यमा आइतबार युवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
अनलाइन मार्फत सञ्चालित उक्त कार्यक्रममा गोंंगबु मेरि स्टोपकी डिमन्ड जेनेरेसन कोर्डिनेटर बिजय लामाले किशोरकिशोरी तथा युवाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा उचित जानकारी हुनुपर्ने बताइन ।
कार्यक्रम सहजीकरण गर्दै लामाले प्रजनन स्वास्थ्यको महत्व, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन र यसका प्रावधान, असुरक्षित गर्भपतनबाट उत्पन्न हुने समस्या, परिवार नियोजनका साधन र तीनको प्रयोग लगायतका विषयमा जानकारी गराएकी थिइन ।
त्यस्तै मेरी स्टोप सेन्टर डुम्रेका डिमन्ड जेनेरेसन कोर्डिनेटर सतिस मरहट्टाले मेरी स्टोपले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि गर्दै आएका कार्यक्रमहरुको जानकारी गराउदै संस्थाले युवा तथा किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यका बारेमा सहि जानकारी गराउदै आएको बताए ।
प्रभावकारी चेतना र सुचनाका अभावमा युवाहरु बिभिन्न शारीरिक तथा मानसिक समस्यामा परिरहेको अवस्थामा त्यस्ता युवा तथा किशोरकिशोरीलाई मेरी स्टोप सेन्टरबाट यौन तथा प्रजनन स्वास्थ्यको उचित सल्लाह र परामर्श दिदै आएको उनले बताए ।
कार्यक्रममा ४० जना युवा तथा किशोरकिशोरीको सहभागी रहेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण