पोखरा – सोमबार बिहान गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु नवलपुर, तनहुँ, स्याङ्गजा, बाग्लुङ र म्याग्दीका छन् ।
नवलपुरको बिनय त्रिबेणी गाउँपालिका -१ का ६ वर्षीया बालिका सहित २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकामा क्रमश: वडा नं -५ र ४ का २६ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता बाग्लुङ नगरपालिका -२ का २० /२० वर्षका दुई युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
म्याग्दीको बेनी नगरपालिकाका २० वर्षीय (वडा नखुलेको) युवक र स्याङ्गजाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय (वडा नखुलेको) पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
जसमध्ये स्याङ्जाका १ जना संक्रमित र तनहुँ ब्यासका १ संक्रमित गरी कूल २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत रहेको खुलेको छ भने, म्याग्दीमा पुष्टि भएका अर्का संक्रमित नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकीमा संक्रमितको कूल संख्या १८८८ पुगेको छ । जसमा १६१२ अर्थात् ८५.३८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमित सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् । उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?