तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नकवजनी चोरी मुद्दाका फरार एक प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदी बस्ने ३८ वर्षीय पूर्णबहादुर आले रहेका छन् ।
उनलाई पनि शनिबार राति घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिए ।
आलेविरुद्ध जिल्ला अदालतले वि सं २०५९ साल वैशाख १६ गते दुई वर्ष ७ महिना २१ दिन कैद र ८ हजार २ सय ५० रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र पारेको छ ।
डाँका चोरी मुद्दामा फरार २० वर्षपछि पक्राउ
त्यस्तै डाँका चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–२ केउरानी बस्ने ७६ वर्षीय खेमलाल आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनलाई शनिबार राति सम्बन्धित घर वतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आलेविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०५७ साल भदौ १४ गते तीन वर्ष कैदको फैसला सुनाएको थियो ।
पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’