तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नकवजनी चोरी मुद्दाका फरार एक प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदी बस्ने ३८ वर्षीय पूर्णबहादुर आले रहेका छन् ।
उनलाई पनि शनिबार राति घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिए ।
आलेविरुद्ध जिल्ला अदालतले वि सं २०५९ साल वैशाख १६ गते दुई वर्ष ७ महिना २१ दिन कैद र ८ हजार २ सय ५० रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र पारेको छ ।
डाँका चोरी मुद्दामा फरार २० वर्षपछि पक्राउ
त्यस्तै डाँका चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–२ केउरानी बस्ने ७६ वर्षीय खेमलाल आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनलाई शनिबार राति सम्बन्धित घर वतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आलेविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०५७ साल भदौ १४ गते तीन वर्ष कैदको फैसला सुनाएको थियो ।
पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’