तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले गर्भपतन र जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको साबिक भिरकोट गाविस वडा नं ९ हाल ऋषिङ गाउँपालिका वडा नं ३ खाल्डीबास बस्ने वर्ष ५९ को बल बहादुर विक रहेका छन् ।
तनहुँ जिल्ला अदालतको २०७२ माघ १० गतेको गर्भपतन मुद्दाको फैसला र २०७३ फागुन २२ गतेको जबरजस्ती करणी मुद्दाको फैसलामा तोकिएको कैद तथा जरिवाना मध्ये गर्भपतन मुद्दामा १० महिना १२ दिन कैद, जबरजस्ती करणी मुद्दामा ५ वर्ष २ महिना २४ दिन कैद र ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका विकको खोजतलास गर्ने क्रममा हिजो भदौ ७ गते आइतबार बेलुकी उनको सम्बन्धित घर बस्दै गरेको अवस्थामा प्रहरील पक्राउ गरेको हो ।
कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’