पोखरा, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान सम्पन्न भएको छ । बिहान १० बजे मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेकोमा २२९ मत खसेको छ । दीपक मनाङे फरार रहेकाले उनी उपस्थित भएनन् । प्रदेश सांसद मनाङेले सपथ समेत खाएका छैनन् ।
लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा सुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाए लगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भईसकेका छन् ।
प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उनीहरूको बेग्लाबेग्लै लाइन रहेको थियो । बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?