काठमाडौ । ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर)ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ। टेस्लाका नयाँ उत्पादनमा प्रख्यात नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भुनाथ स्तुपाका चित्र कोरिएको छ, जसले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रबाह गर्न सहयोग पुग्नेछ। सम्पदा अंकित एसीले घर वा अफिसको भित्तामा नेपालीपनको गौरबलाई समेत बढाउनेछ।
लामो समय देखि आयात निर्यातको काम गरिरहेको भू लक्ष्मी ग्रुप प्रालीले टेस्लाको उत्पादन तथा बिक्रि गर्दै आएको कम्पनीका सिइओ किरण आचार्यले बताए। भू लक्ष्मी ग्रुप प्राली आइ एस ओ ९००१:२०१५ प्रमाणित कम्पनी हो।
बिश्व बजारका स्तरीय एयर कन्डिसनर सँग प्रतिस्पर्धा गर्ने गुणस्तर भएको र सम्पदा अंकित डिजाइनले गर्दा नेपाली ब्राण्ड हुनुको गर्व बढाउने आचार्यको दावी छ।
टेस्ला एसीको मोबाइल एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध भएको आचार्यले बताए।
उर्जामैत्री उत्पदन:
यसमा उर्जा खपतको अनुपात ३:५३ रहेको छ जस्ले यो एसी उर्जामैत्री छ भन्ने देखाउँछ। उर्जामैत्री भएका कारण बिजुलीको खपत कम भइ खर्च कम हुने बताइएको छ।
टर्बो मोडल:
यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या हुनेछैन। यसको टर्बो मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने आचार्यले बताए।
कोठाको तापक्रम अनुसार स्वचालित:
एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ । यसपछी यो एसीले कोठाको परिबर्तित तापक्रम अनुसार आफै काम गर्न थाल्छ । त्यसैले आफैले एसी मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउछ ।
पुर्ण तामाको तार
यो नयाँ एसीमा सतप्रतिसत तामाको तार प्रयोग गरीएको आचार्य बताउँछन्। जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । तामाको तारको प्रयोग तुलनामा रूपमा महङ्गो भएपनि दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प हो।
मुख्य कार्यालय चितवन रहेको कम्पनीको कर्पोरेट अफिस काठमाडौमा रहेको छ। डिलरसिप लिन चाहने कम्पनीले ९८०११६४३६७ मा सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने