तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा थप ३ दिन लकडाउन थपिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप ३ दिन लकडाउन थपिएको नगरपालिकाले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङको अध्यक्षतामा नगरपालिकामा बुधबार बसेको कार्यपालिका बैठकले आगामी भदौ १३ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।
यसअघि समुदायमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन लागु गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा बुधबार राती १२ बजेबाट सकिँदै छ ।
तर बैंक अफ काठमाण्डौँ खैरेनीटार शाखाकी कर्मचारीमा संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक ट्रेसिङको रिपोर्ट आइनसकेको हुँदा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्ता खिम बहादुर कुमालले जानकारी दिए ।
उनले भने ‘लकडाउन पहिलेकै स्वरुपमा हुने भएकाले सबै नगरबासीले पूर्णपालना गरी नगरपालिकालाई सहयोग गर्नुहोला ।’
जिल्लाका अन्य स्थानीय तहका साथै छिमेकी जिल्ला कास्की, स्याङ्जा, नवलपुर तथा लमजुङका स्थानीय तहहरुमा पनि अहिले लकडाउन गरिएको छ ।
शुक्लागण्डकीमा ९४० जनाको पिसिआर परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बाँकी ३ जना जि.पि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटाको आइसोलेसन कक्षमा उपचाररत रहेको स्वास्थ्य शाखाका प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण