कोरोना संक्रमणका कारण पोखराकी ३२ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पोखराकी ३२ वर्षीया महिलाको मृत्यु

Pokhara 11

तस्वीरः अर्जुन बास्तोला

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको मृत्यु भएको छ  । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत भाद्र ७ गते कोरोना पोजेटिभ पुष्टि भइ अस्पतालको आइसीयुमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -११ निवासी ३२ वर्षीया महिलाको आज विहान ८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे  । यद्यपी, महिला पोखरा १२ निवासी रहेको खुल्न आएको छ ।

कोरोना संक्रमणका कारण प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ संक्रमित हुन् भने, पोखरा महानगरकी तेस्रो संक्रमित हुन् । यसअघी पोखरा -१६ का ८७ वर्षीय वृद्ध र पोखरा – १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds