पोखरा – पोखरामा विहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी ३२ वर्षीया महिला निमोनियाको रोगी रहेको बुझिएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाका एक कर्मचारीका अनुसार गत भाद्र ७ गते कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल) अस्पतालको आइसीयुमा उपचारत पोखरा -१२ की महिलामा निमोनिया र फोक्सोमा समस्या आएको बुझिएको परिवारलाई उद्धृत गर्दै ती कर्मचारीले बताए ।
‘मृतकको घर पोखरा -११ हो, उनको कुनैपनि ट्राभल हिष्ट्री पाइएको छैन’ ती कर्मचारीले गण्डक न्युजसंग भने । यद्यपी, उनी पोखरा ११ को नभई पोखरा १२ को भएको भन्दै प्रतिक्रिया आइरहेका छन् ।
उनी साइ अर्चना, मणिपाल, कास्की सेवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष कक्षमा पुगेकी थिइन् । यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी महिलासँग् एउटै वार्डमा उनी बसेको खुलेको छ । त्यसपछि स्वाब परिक्षण गर्दा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विहीबार विहान ८ बजे संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका थिए ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते