गण्डक न्युज पोखरा, २४ माघ / लोक स्रष्टा कल्याण शेरचन स्मृति प्रतिष्ठानले श्रष्टा सम्मानबाट यस वर्ष अग्रज खेलाडी तथा प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ । प्रतिष्ठानले पोखरामा बुधबार एक समारोहका बीच नगद २५ हजारका साथमा ताम्रपत्र, दोसल्ला ओढार सम्मान ग¥यो । सम्मान स्वरुप पाएको नगदमा थप ५ हजार थपेर रानाभाटले तुरुन्त ३० हजार रुपैंया प्रतिष्ठानकै अक्षयकोषमा रहने गरी प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद रविन्द्र अधिकारी, विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक एवं श्रष्टा चेतन कार्की, प्रतिष्ठानका संरक्षक शर्मिला शेरचन, अध्यक्ष पूर्णबहादुर ह्योल्मो लगायतले सम्मान अर्पण गरे । सातौं कल्याण शेरचन स्मृति दिवसका अवसरमा खेल क्षेत्रमा विशेष योगदान पु¥याएकोमा रानाभाटलाई सम्मान गरेको हो ।
व्यक्तित्व छनौटका सम्मानका लागि प्रतिष्ठानका सल्लाहकार, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा सल्लाहकारहरु हेमबहादुर गुरुङ र सल्लाहकार खेमबहादुर गुरुङ सदस्य रहनु भएको व्यक्तित्व छनौट समिति गठन गरेको थियो । संयोजक श्रेष्ठले श्रष्टा परिचय दिँदै उपयुक्त व्यक्ति छनौट गरिएको बताउँदै रानाभाटले नेपाली खेल क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए ।
प्रतिष्ठानले स्मृति दिवसमा लोकसँस्कृति, शिक्षा र खेलकुदमा विशेष योगदान पु¥याएका विशिष्ट व्यक्तित्वलाई स्मृति दिवसमा सम्मान गर्दै आए अनुसार यसवर्ष खेलकुद क्षेत्रतर्फ सम्मान गरिएको अध्यक्ष ह्योल्मोले बताए । सम्मानित व्यक्तित्व रानाभाटले स्व. शेरचनसँग बिताएका क्षणहरुको स्मरण गर्दै आफू अत्यन्त हर्ष र भावुक बनेको बताए ।
प्रमुख अतिथि सांसद अधिकारीले श्रष्टाको मृत्यु कहिल्यै नहुने भन्दै श्रष्टाहरु सधैं अमर रहने बताए । उनले बहुप्रतिभावान् शेरचनले विद्यार्थी आन्दोलनमा साथ दिएको स्मरण गर्दै प्रतिष्ठानको आजीवन सदस्यताका लागि ईच्छा जनाए । सांसद अधिकारीले विदेशी संस्कृतिको आक्रमणलाई निस्तेज पार्न पहिले हामी आफै आफ्नो संस्कृति जगेर्ना गर्न अग्रसर हुनुपर्ने बताए । सभ्यता जाँच्ने कडी नै संस्कृति भएकाले यसतर्फ आफू संवेदनशील भएको भन्दै उनले स्थायी सरकार गठनपछि यस्ता क्षेत्रतर्फ पक्कै सोच्न सकिने बताए ।

संस्कृतिविद्, श्रष्टा कार्कीले राष्ट्रको अस्तित्व समाप्त गर्न आर्थिक व्यवस्था ध्वस्त पार्ने र जातिको अस्तित्व समाप्त पार्न संस्कृति ध्वस्त पार्ने अस्त्र अवलम्वन हुने भएकाले नेपाली जातिको पहिचानका लागि संस्कृति जोगाउन आवश्यक रहेको बताए । उनले विदेशी संस्कृतिको प्रभावले नयाँ पुस्ता आफ्नोपनबाट बाहिर पुगेको उल्लेख गर्दै राज्यले सोच्नु पर्ने बताए । कुनै पनि राष्ट्रको गौरव उसको भूगोल, जनसंख्या र विकासले भन्दा संस्कृति, कला, साहित्यले हुने कार्कीको भनाई छ ।अग्रज गायिका हरिदेवी कोईरालाले नेपाली लोक संस्कृतिमा गायन, संकलक, नृत्य सबै विधानमा अतुलनीय योगदान दिने शेरचन सधैं अमर रहने बताईन् ।
अध्यक्ष क्या.ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत तथा सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ