पोखरा – गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका २० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, तनहुँ, लमजुङ र नवलपुरका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -१६ का ६८ र ५२ वर्षीय पुरुष, पोखरा -१७ का २९ र २८ वर्षीय पुरुष र पोखरा -३० का ५० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।
संक्रमित मध्ये पोखरा -१६ का संक्रमितहरु फिस्टेल अस्पतालले कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । पोखरा १७ का दुई संक्रमितहरु पर्यटक प्रहरी हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका -१२ का २२ वर्षीय पुरुष, शुक्लागण्डकी -५ का ४२ वर्षीय पुरुष र ब्यास नगरपालिकाका -३ का ३८ र ३९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यता लमजुङको मर्स्याङदी गाउँपालिका -४ का ३१ वर्षीया महिला र बेसीशहर नगरपालिका -८ का २७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनी हालसालै भारतबाट आएका हुन् ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिका -८ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनमा कार्यरत चिकित्सक हुन् ।
बिनय त्रिबेणी गाउँपालिका-४ का १७,४० ६१, ६७ वर्षका महिला र सोही वडाका २० र ६२ वर्षका पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।
यसबाहेक नवलपुरकै देवचुली नगरपालिका -१५ र १६ का क्रमश ५० वर्षीया महिला र ३० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २०२५ पुगेको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकिएको छ ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा